तनहुँ १५, बैशाख । तनहुँको घिरिङ गाउँपालिका–५ वेलभञ्ज्याङ देउरालीमा बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । बेलभञ्ज्याङ देउरालीस्थित भित्री सडक खण्डअन्तर्गत डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग१ज ७५०२ नम्बरको बलेरो दुर्घटनामा परेको हो।
नवलपुरको मृत्यु हुनेमा बौद्धिककालिका गाउँपालिका–२ का २३ वर्षीया सञ्जु पोख्रेल रहेको प्रहरीले जनाएको छ । मुखमा गम्भीर चोट लागेकी सञ्जुलाई गण्डकी मेडिकल कलेज पोखरामा उपचारका लगिएको र उहाँको उपचार क्रममा निधन भएको हो। घाइते हुनेहरुमा अनुसार सोही ठाउँकी ५४ वर्षीया दिलमाया खत्रीको नाक र मुखमा चोट लागी गम्भीर अवस्था रहेकाले थप उपचारका लागि पोखरा पठाइएको छ।
दुर्घटनामा एकै ठाउँका २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महिने बालक अनिल खत्री र सहचालक २१ वर्षीय सन्तोष परियार घाइते भएका छन्। बोलेरो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उक्त बलेरोमा चालक सहित ७ जना सवार थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।