Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखामा पटका पड्काँउदा एक युवकको हात औला चुँडियो


1.9K
Shares

गोरखामा पटका पड्काँउदा एक युवकको हात औला चुँडियो

गोरखा ११ बैशाख । गोरखाको शहिद लखन गाउँपालिका–७ स्थित गरन्जागाउँमा पटका पड्काँउदा एक युवक घाइते भएका छन् । घाइते युवकको हातको औला चुँडिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी ) ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बुधबार साँझ करिब साढे ७ बजेको समयमा घरमा राखिएको पटका हातमा राखेर खेलाउने क्रममा पड्किएर २० बर्षिय अनिल थापाको घाइते भएका हुन् । उनको देब्रे हातको दुई वटा औला चुडिएको एसपी अधिकारीले बताउनुभयो । तिहारका बेला मनोरञ्जनका लागि पड्काउने उद्देस्यले ल्याएर राखेको पटक झिकेर खेलाउने क्रममा पड्किएको हुनसक्ने बताइएको छ ।

पटका पड्किँएर घाइते भएका थापाको जिल्ला सदरमुकाम स्थित एपोलो अस्पतालमा उपचार भईरहेकोे छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology