काठमाण्डौं १०,बैशाख । धरानको प्रयोगशालामा परीक्षण गरिएकोका ३ जनामा बुधबार (आज) कोरोना पुष्टि भएको छ । मन्त्रालयले तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो।
यसअघि उनीहरूको समूहका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ भने त्यसमध्ये सात जना निको भएर फर्किएका छन्।