Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

उदयपुरमा थप एक महिलामा कोरोना संक्रमण पुष्टी : नेपालमा ४३ पुग्यो


1.6K
Shares

उदयपुरमा थप एक महिलामा कोरोना संक्रमण पुष्टी : नेपालमा ४३ पुग्यो

काठमाडौं, १० वैशाख । उदयपुरमा थप एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको भुल्केमा एक ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। मोहन सुवेदीले जानकारी दिनुभयो ।

उहाँको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको र उनलाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भएको सुवेदीले जानकारी दिनुभयो । यसअघि उनको श्रीमानमा पनि संक्रमण भेटिएपछि उनी विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन् ।

नयाँ संक्रमणसँग उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ भने देशभर कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology