Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

आगलागीमा परी बालकको मृत्यु


2K
Shares

आगलागीमा परी बालकको मृत्यु

गुल्मी ९ बैशाख । गुल्मी शान्तिपुर बसपार्कको एक घरमा आगलागी भएको छ । आगलागीबाट एक बालकको मृत्यु भएको छ । बरेङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण खनालको घरमा आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

खनालको गुुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपूर बसपार्कमा रहेको ३ तले पक्की घरमा बिहान ११:५० बजे आगलागी भएको थियो । पेट्रोलबाट घरमा रहेको पसलमा आगो सल्किएर ३/४ वटा ग्यास सिलिन्डर पड्किएपछि आगो नियन्त्रणमा लिन गाह्रो भएको स्थानीय व्यापारी नरबहादुर वि.कले बताउनुभयो ।

आगलागीमा परि करिब १४ वर्षीय बालकको मृत्यु भएको छ भने घाइते भएका घर मालिक पूर्ण खनाल र उहाँकी श्रीमतीलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology