Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा १६ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा एक युवक पक्राउ


2.2K
Shares

गोरखामा १६ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा एक युवक पक्राउ

गोरखा ८ ,बैशाख । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ७ बस्ने २६ बर्षिया रामशरण सिर्मलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनले १६ बर्षिय बालिकालाई बिहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । गएको ३ गते दिउँसो साढे ४ बजेको समयमा आफ्नै घरमा लगेर बालिकालाई करणी गरेको थाहा भएपछि पिडितका बाबुले दिएको उजुरीको आधारमा सिर्मललाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनलाई जबरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology