धादिङ ७, बैशाख । धादिङको बेनीघाट रोराङगाउँपालिकाको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जीप पल्टिँदा एक जना महिलाको मृत्यु भएको छ। दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ की २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका भईरहेको प्रहरीले जनाएको छ।
मलेखुबाट तरकारी बेच्न आएका किसानलाई लिएर बेनिघाट रोराङ गाउँपालिका–४ खहरे जाँदै गरेको बा१ख ८६३६ नंको उक्त बोलेरो जीप आइतबार सडकबाट एकसय मिटर तल खस्दा दुर्घटना भएको थियो ।