Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बिहे गरेको हप्तादिन नपुग्दै नवविबाहित जोडीले गरे आत्माहत्या


3.1K
Shares

बिहे गरेको हप्तादिन नपुग्दै नवविबाहित जोडीले गरे आत्माहत्या

दार्चुला ६, चैत । दार्चुलाको मार्मा गाउँपालिका– १ मा एक नवविबाहित जोडीले आत्माहत्या गरेका छन् । विहे गरेको एक हप्ता नपुग्दै उनीहरुले भिरबाट हाम फालेर आत्महत्या गरेको स्थानीयको भनाई छ । गएराति साढे बाह्र बजेतिर ताकु र गुल्जर जोड्ने सुङर भिरबाट हाम फालेर नवविबाहित राजेन्द्र महर र ललिता धामीले आत्महत्या गरेका हुन् ।

राजेन्द्रले एक हप्ता पहिले छिमेकी गाउँकी ललितासँग दोस्रो बिहे गर्नुभएको थियो ।राजेन्द्रकी जेठी श्रीमती लटिनाथ बस्दै आउनु भएको छ । राजेन्द्रले दोस्रो बिहे गरेपछि उहाँ लटिनाथमै बस्दै आइरहेको स्थानीय दिनेशसिंहको भनाई छ ।

राजेन्द्रकी जेठी श्रीमतीले दोस्रो बिहे किन गरेको लकडाउन खुलेपछि अदालत गएर मुद्दा हाल्ने भनेपछि विबाहित जोडी जना तनावमा रहेको हुन सक्ने अनुमान गरिएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology