Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बहराइनमा ४९ जना नेपालीमा कोरोना संक्रमण


1.6K
Shares

बहराइनमा ४९ जना नेपालीमा कोरोना संक्रमण

काठमाण्डौं ६, बैशाख । नेपालीहरूको रोजगार गन्तव्य बहराइनमा ४९ नेपाली कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन्। मनामास्थित नेपाली दूतावसका अनुसार पछिल्लो परीक्षणका क्रममा थप २७ नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको हो। यो संख्या एक हप्तामै थपिएको हो।

अघिल्लो शुक्रबारसम्म त्यहाँ २२ नेपाली संक्रमित देखिइसकेका छन्। संक्रमित हुनेमा पछिल्लो पटक २७ जना सहित नेपाली नागरिकको संख्या ४९ पुगेको छ’, दूतावासले शुक्रबार जारी गरेको कोरोना अपडेट सूचनामा भनिएको छ। रोजगारीका लागि खाडी मुलुक पुगेका नेपाली कोरोनाका कारण चपेटामा छन्।

कुवेतमा १४, युएई १२, साउदी ४ जना नेपाली कोरोनाबाट संक्रमित छन्। बहराइनमा सबैभन्दा बढी नेपाली संक्रमणमा परेका हुन्। बहराइनमा कोरोनाबाट शुक्रबारसम्म ७ जनाले ज्यान गुमाएका छन्, ९९० संक्रमित छन्। नेपाली दूतावासका अनुसार बराइनमा बिना कागजात रहेका कामदारलाई त्यहाँको सरकारले वैधानिक हुन वा बहराइन छोड्न २०२० डिसेम्बर ३१ सम्मको समय दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology