Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

वडाध्यक्षको घरबाट गोली बरामद


1.3K
Shares

वडाध्यक्षको घरबाट गोली बरामद

काठमाण्डौ १ बैशाख-  म्याग्दीका रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले बुलेट (गोली) बरामद गरेको छ। पाखापानीको कोटगाउँस्थित शेरपुजाको घरबाट आइतबार एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा शनिबार आफूसँग ‘बुलेट’ भएको स्टाटस राखेपछि अनुसन्धान गर्न गएको प्रहरीले छापा मारेको थियो । प्रहरी नायब उपरिक्षक किरनजंग कुँवरले भन्नुभयो, ‘कुन प्रकृतिको गोली, कुन स्रोतबाट आएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छौ’, ।

फरार भएका शेरपुजाको खोजी जारी छ। अदालतबाट आवश्यक कानुनी प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology