Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका सवारी पासको दुरुपयोग भएको खुलेपछि ३० गतेअघिका सवै पास रद्ध


4.1K
Shares

गोरखाका सवारी पासको दुरुपयोग भएको खुलेपछि ३० गतेअघिका सवै  पास रद्ध

गोरखा १, बैशाख -जिल्ला प्रसासन कार्यालय गोरखाले सवारी पासको दुुरुपयोग भएको खुलासा भएपछि हिजोसम्म जारी गरिएका सवै पास रद्ध गरेको छ । जिल्ला सुरक्षा समिति, कमाण्डपोष्ट तथा कोभिड १९ बिपत व्यवस्थापन समितिको संयुक्त बैठकले यसअघि जारी गरिएका सवै सवारी पास रद्ध गर्ने निर्णय गरेकोे कार्यालयका प्रमुख प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

‘चैत ११ गतेदेखि ३० गतेसम्म लडडाउन अबधिभर उल्लेख गरी जारी गरिएका सवै सवारी पास आइतबारदेखि नै रद्ध गर्ने निर्णय बैठकले गरेको छ, उहाँले भन्नुभयो, ‘अत्याबश्यक प्रयोजनका लागि अबधि तोकी पुनः सवारी पास उपलब्ध गराइनेछ ।’ जिल्लामा खाद्यान्य तथा स्वास्थ्य सामग्री ढुवानी लगायतका प्रयोजनका लागि कार्यालयले उपलब्ध गराएको सवारी पासको दुरुपयोग भएको पाइएको थियो ।

बैठकले जिल्लामा तत्काल खाद्यान्य तथा अत्याबश्यक सामग्री आपूर्तिको अबस्था सन्तोषजनक रहेको निस्कर्ष निकाल्दै खाद्य संकट हुन नदिन आपूर्तिलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको उहाँले बताउनुभयोे । ‘खाद्यान्य ढुवानीका लागि पास उपलब्ध गराइएका सवारी साधनले यात्रु पनि बोकेको गुनासो बढेपछि सुरक्षाकर्मी मार्फत चेकजाँचको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ, रोकाले भन्नुभयो,‘ खाद्यान्य आपूर्तिका लागि कुनै समस्या आउन नदिने गरी काम गर्ने निर्णय बैठकले गरेको छ ।’

बैठकले जिल्लामा प्राप्त भएका ३५० र्यापिड टेस्ट किडलाई आबश्यकताका आधारमा स्थानीय तहहरुसंगको समन्व्यमा शंकास्पद बिरामीहरुको चेकजाचँको व्यवस्था मिलाउने निर्णय गरेको रोकाले बताउनुभयो । त्यस्तै जिल्ला भित्र कोरोनाको शकांस्पद बिरामीलाई अस्पतालसम्म ल्याउन बिशेष सुरक्षाको तयारी गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology