Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

उच्च ज्वरोका कारण उपचाररत एक बृद्धकोे मृत्यु


1.3K
Shares

उच्च ज्वरोका कारण उपचाररत एक बृद्धकोे मृत्यु

रामेछापमा ज्वरो आएर उपचार गराईरहेका एक जनाको मृत्यु भएको छ । ३ दिनदेखि ज्वरो आएर तामाकोशी सहकारी अस्पतालमा उपचारको लागि अस्पताल भर्ना भएका गेलु निवासी एक वृद्धको मृत्यु भएको हो ।

६७ वर्षका ती वृद्धमा श्वासप्रश्वासको समस्या र रक्सी सेवन गर्ने गरेको पाइएको अस्पतालका अनमी माया बुढाथोकीले बताउनुभयो । मृतक वृद्धको स्वाब परिक्षणका लागि बुधबार नै धुलिखेल पठाईएको छ ।

मृतकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि रिपोर्ट आएपछि मात्र उनमा कोरोना भए नभएको पुष्टि हुने अस्पताल स्रोतले जनाएको छ । अनमी बुढाथाकीका अनुसार परिवार संगको छलफल पछि मृतकको शव गाडिएको । साथै उपचारमा संलग्न चिकित्सकहरुलाई क्वारेन्टाईनमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology