Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जनप्रतिनिधीले नै गरे प्रहरी चौकी आक्रमणको प्रयास


1.6K
Shares

जनप्रतिनिधीले नै गरे प्रहरी चौकी आक्रमणको प्रयास

रौतहट २६, चैत । रौतहटको दक्षिणी भेगस्थित बौधीमाई नगरक्षेत्र अन्तरगत बंकुल प्रहरीचौकी माथि निर्वाचित जनप्रतिनिधीले आक्रमणको प्रयास गरेका छन् । भारतीय सीमासँग जोडिएको क्षेत्रमा एक निर्वाचित जनप्रतिनिधीले चौकी आक्रमणको प्रयास गरेका हुन् ।

लकडाउनकै अवधिमा बौधीमाई–७ का नेकपाबाट निर्वाचित वडा अध्यक्ष विजय कुश्वाहासहित दर्जनौँको संख्यामा गएका मानिसले मंगलवार साँझ प्रहरी कार्यालयमाथि आक्रमणको प्रयास गरेका थिए । एकजना प्रहरीले आफनो भाईलाई दुर्व्यवहार गरेको भन्दै वडा अध्यक्ष कुश्वाहासहितको समूहले प्रहरीचौकीमाथि आक्रमणको प्रयास गरेका थिए ।

यता, बंकुलचोक नजिकै रहेको क्वारेन्टाइनमा मोटर मर्मत गर्न मंगलवार दिउँसो जानेक्रममा प्रहरी चौकी अगाडी एकजना प्रहरीले आफ्नो भाईलाई लकडाउनको नामामा दुर्व्यवहार गरेको वडा अध्यक्ष कुश्वाहाको दावी छ । बंकुल प्रहरीचौकीका प्रमुख असई सञ्जय बोहराले भने कुनै प्रहरीले गलत ब्यवहार गरेको भए बास्तविक बुुझेर दोषी भएमा कारवाही गर्ने ब ताउनुु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology