Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

कोरोना भाइरसले दुबईमा एक नेपालीको मृत्यु


1.1K
Shares

कोरोना भाइरसले दुबईमा एक नेपालीको मृत्यु

काठमाडौं २५, चैत । बिश्वभर फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण दुवईमा एक नेपालीको मृत्यु भएको छ । ९ बर्षदेखि दुबईमा कार्यरत रुपन्देही देबदहकी ४० बर्षीया ती महिलाको गत शुक्रवार नै मृत्यु भएको हो सोमबार दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उहाँको मृत्यु कारणसहितको रिपोर्ट दिएको छ ।

उक्त रिपोर्टमा मृत्युको कारण कोरोना भाइरस भएको उल्लेख गरिएका मृतकका आफन्तले जनाएका छन् । मृतका श्रीमान पनि एक महिनादेखि भिजिट भिसामा युएईमा नै रहेको बुझिएको छ । युएईमा कोरोना भाइरसबाट अहिलेसम्म ११ नेपाली संक्रमित भएका छन् । त्यसमध्ये २ जना भने निको भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology