काठमाण्डौ २४, चैत । संयुक्त अरब इमिरेट्स (दुवई) मा थप ३ जना नेपालीमा कोरोना संक्रमणको पुष्टी भएको छ । यो संगै दुवईमा कोरोना संक्रमित नेपालीको जम्मा संख्या ११ पुगेको छ।
आबुधाबीस्थित नेपाली दूतावासका अनुसार आइतबार साँझसम्म कोरोना संक्रमित नेपालीको संख्या ११ पुगेको हो। यसअघि दुई जना नेपाली उपचारपछि निको भएका छन्। बाँकी ९ जनाको अवस्था समान्य रहेको दूतावासले जनाएको छ।
पछिल्लो समय युएईमा कोरोना संक्रमणको अवस्था बढ्दै गएको छ।