Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

उच्च ज्वरोका कारण उपचाररत बोर्लाङकी एक युवतीको उपचारको क्रममा मृत्यु


3.8K
Shares

उच्च ज्वरोका कारण उपचाररत बोर्लाङकी एक युवतीको उपचारको क्रममा मृत्यु

गोरखा १९, चैत । उच्च ज्वरोका कारण गोरखाको भीमसेन थापा गाउँपालिका– ८ बोर्लाङकी  एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । उच्च ज्वरो आएर बिरामी परेकी घाटबेसीकी २६ बर्षिय देवी दराईको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडाध्यक्ष बासु थापाले जानकारी दिनुभयो । थापाका अनुसार मृतक दराई बिगत २ हप्तादेखि ज्वरो आएको थियो ।

ज्वरो आएर सास फेर्न गाह्रो भएपछि चैत्र ४ गते आरुघाटमा उपचार गराएको भएपनि उहाँलाई थप उपचारको लागि राजधानीको टेकु अस्पताल रिफर गरिएको थियो ।

९ गते राजधानी उपचारका लागी पु¥याइएको दराईलाई टेकु अस्पतालले टेकुले पनि भ्यान्टीलेटरमा राखेर उपचार गराउनु पर्ने भन्दै बीर अस्पताल पठाएको थियो । मृतक दराईको बुधबार परम्परा अनुसार घाटवेशीमा अन्त्यष्ठी गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । युवतीको मृत्युको कारण निमोनिया भएको बीर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology