Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

कोरोना संक्रमित बाग्लुङकी युवतीको परिवारका सदस्यको स्वाब नमुना संकलन गरि काठमाण्डौ पठाइयो


1.5K
Shares

कोरोना संक्रमित बाग्लुङकी युवतीको परिवारका सदस्यको स्वाब नमुना संकलन गरि काठमाण्डौ पठाइयो

बाग्लुङ १८, चैत । कोरोना संक्रमित बाग्लुङकी युवतीको परिवारका सदस्यहरुको नमुना संलकन गरी परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । बागलुङ नगरपालिका ४ कुँडुलेकी कोरोना भाइरस (कोभिड १९) संक्रमित युवतीको परिवारका सदस्यहरुको पनि ‘थ्रोट स्वाब’ लिइएको हो। त्यहाँ उहाँसग नजिक रहेका अन्यको पनि स्वाब नमुना लिइएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सोमबार दिउँसो संक्रमितको परिवारका सात सदस्यको ‘थ्रोट स्वाब’ संकलन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो। पारिवारिक भेटघाटका लागि दुई महिना अघि बेल्जियम पुग्नु भएकी उहाँ ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं फर्कनु भएको थियो ।

कतार एयरको त्यही फ्लाइटमा आउनु भएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उहाँको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आएको थियो । उहाँको अहिले धौलागिरि अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । युवतीको अवस्था सामान्य रहेको र पुनः परीक्षणका लागि स्वाब लिइएको मेडिकल सुपरीटेण्डेन्ट विकले जानकारी दिनुभयो । परिवारका सदस्यहरु भने होम क्वारेन्टाइनमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology