Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको पालुङटारमा जुवाको खालबाट ६ जना पक्राउ


2.1K
Shares

गोरखाको पालुङटारमा जुवाको खालबाट ६ जना पक्राउ

गोरखा १७, चैत – गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ३ बाट जुवातास खेल्दै गरेका बेला ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको मौका छोपी जुवातास खेलिरहेका बेला उनिरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

लामगह्रा भन्ने ठाउँमा स्थानीय जसोदिन मियाँको धन्सारमा लुकिछिपी जुवातास खेलिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेकाहरुको साथबाट रु ६४ हजार २ सय ८० रुपैया रकम समेत बरामद गरेको एसपी अधिकारीले जानकारी दिनुभयो ।

लकडाउनका बेला जमघट हुन नपाइने भएपनि उनी भेला भएर जुवातास खेलेका थिए । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology