Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निषेध आदेश उल्लंघन गरे कारवाही गर्ने जिल्ला प्रसासन कार्यालय गोरखाको चेतावनी


2.3K
Shares

निषेध आदेश उल्लंघन गरे कारवाही गर्ने जिल्ला प्रसासन कार्यालय गोरखाको चेतावनी

गोरखा १६, चैत । जिल्ला प्रसासन कार्यालय गोरखाले जिल्ला भित्र कोरोना भाइरसको सम्भावित उच्च जोखिम न्युनिकरणका लागि जारी गरेको आदेश बिपरित गतिबिधी भईरहेको भन्दै आदेशको वेवास्ता गरे कारवाही गर्ने चेतावनी दिएको छ ।

कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद भट्टराईले आज (आइतबार) पुनः सूचना जारी गर्दै प्रसासनले जारी गरेकोे आदेशलार्ई वेवास्ता गर्दै घरबाहिर निस्कने, समुहमा जम्मा हुने, धेरै मानिस भेला हुने गरेको पाइएको भन्दै अटेरी गरे कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ ।

जिल्ला भित्र अत्याबश्यक सवारी साधानहरु, खाद्यान्य पसल बाहेक सवै पसलहरु सञ्चालनमा रोक लगाइएको उल्लेख गर्दै प्रसासनद्धारा जारी सूचनामा अत्याबश्यक परिस्थिती बाहेक घरबाट ननिस्कन सवै नागरिकलाई पुनः आग्रह गरिएको छ ।

त्यस्तै धार्मिक, सांस्कृतिक तथा सार्वजनिक स्थलहरुमा मठमन्दिर, मस्जित, अर्घो आदिमा धेरै मानिस जम्मा भई कार्यक्रम गर्ने जमघट भई भीडभाड गर्ने लगायतका कार्य नरोकिएको भन्ने सुन्न आएको भन्दै यस्ता क्रियाकलाप नगर्न नगराउन सवैलाई आग्रह गरिएको छ । प्रसासनको आदेशलाई अबेज्ञा गरे गराएमा प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology