गोरखा १६, चैत । गोरखाको शहिद लखन गाउँपालिकाले पालिका भित्रका सवै स्वास्थ्यसंस्थाहरुमा अत्यावश्यक स्वास्थ्य सामाग्री पुर्याएको छ । गाउँपालिकाले सम्भावित कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै न्युनतम आबश्यक पर्ने स्वास्थ्य सामाग्री पालिका भित्रका सबै स्वास्थसंस्थामा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।
‘पालिका भित्रका हेल्थपोष्ट, स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाई लगायतमा तत्कालका लागि आबश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु गाउँपालिका स्वास्थ्य शाखा मार्फत खरिद गरि बितरण गरिएको छ, उहाँले भन्नुभयो, ‘कुनै पनि स्वास्थ्यसंस्थामा स्वास्थ्यकर्मीहरुलाई औषधी उपचारमा न्युनतम सामाग्रीको अभाव नहोस् भन्नेमा गाउँपालिका सचेत ढंगले लागी रहेको छ ।’
गाउँपालिकाले बंक्राङ स्वास्थ्य चौकीमा ५ सय थान पन्जा २५० थान सजिर्कल मास्क, मनकामना स्वास्थ्य चौकीमा ३ सय थान पन्जा, १५० थान सर्जिकल मास्क, मनकामना सामुदायिक स्वास्थ्य इकाईमा ३ सय थान पन्जा, १ सय थान सर्जिकल मास्क उपलब्ध गराएको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।
त्यस्तै ताक्लुङ स्वास्थ्य चौकीमा ४ सय थान पन्जा, २५० थान सर्जिकल मास्क, ताक्लुङ सामुदायिक स्वास्थ्य इकाईमा २ सय थान पन्जा, १५० थान सर्जिकल मास्क, घैरुङ स्वास्थ्य चौकीमा ६ सय थान पन्जा, २५० थान सर्जिकल मास्क, बुङकोट स्वास्थ चौकीमा ६सय थान पन्जा, २५० थान सर्जिकल मास्क, बुङकोट सामुदायिक स्वास्थ्य इकाईमा ४सय थान पन्जा, २ सय थान सर्जिकल मास्क, नाम्जुङ स्वास्थ्य चौकीमा ६ थान पन्जा, २५० थान सर्जिकल मास्क बितरण गरेको उहाँले बताउनुभयो ।
गाउँपालिका आबश्यकताका आधारमा सवै स्वास्थ्य संस्थाहरुमा एन ९५ मास्क, पिपिई, ह्याण्ड सेनिटाइजर, कोरोना भाइरस बिरुद्ध सचेतना फैलाउने खालका प्रचार समाग्री समेत बितरण गरेको गाउँपालिका अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।