गोरखा १६, चैत । गोरखा अस्पतालमा उपचाररत एक बालिकाको स्वाव परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ । कोरोना भाइरस (कोभिड १९ ) को शकास्पद लक्षण देखिएकी बालिकाको स्वावको नमुना परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको हो ।
निमोनिया भएकी ति बालिकामा कोरोना भाइरसको शंकास्पद लक्षण पाइएको भन्दैभन्दै जिल्ला आज ( आईतबार) बालिकाको स्वाव परिक्षणका लागि टेकु पठाइएको अस्पताल स्रोतले जनाएको छ । शनिबार अस्पताल भर्ना भएकी जिल्लाको शहिद लखन गाउँपालिका घर भएकी बालिकाको अहिले अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखेर अहिले उपचार भइरहेको छ ।
केहीदिन अघिमात्र काठमाण्डौबाट गोरखा आएकी बालिको स्वास्थ्य अबस्था भने सामान्य रहेको जनाइएको छ । बालिकामा ज्वरो निरन्तर आईरहेको र करिव सय डिग्री फरेनहाइट वरपर ज्वरो रहेकाले शंका लागेर स्वाव टेस्ट गर्न पठाइएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन थापाले बताउनुभयो । स्वाव टेस्टको रिपोर्ट मंगलबार मात्र आईपुग्ने जनाइएको छ ।