Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकाले आज कहाँ कहाँ छर्दैछ औषधी यो हेर्नुहोस्


3.6K
Shares

गोरखा नगरपालिकाले आज कहाँ कहाँ छर्दैछ औषधी यो हेर्नुहोस्

गोरखा १६, चैत –  गोरखा नगरपालिका गोरखाले आज (आइतबार) पनि नगरक्षेत्रको बिभिन्न स्थानमा औषधी छर्ने भएको छ । नगरक्षेत्र भित्र सम्भावित कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन नगरपालिकाले शनिबारदेखि मुख्य सडक क्षेत्रमा क्लोरिनको झोल छर्किन शुरु गरेको नगरपालिकाले आज ठूलो आगाँन, सतिपपल हुदै गैरी कुवा क्षेत्रमा औषधी छर्ने कार्यक्रम रहेको जनाएको छ ।

त्यस्तै आजै (आईतबार) मैदान, चिल्ड्रेनपार्क, धारापानी, बिपिचोक रुढमा औषधी छर्ने तयारी भएको नगरपालिकाले सूचना प्रकाशन गरी जानकारी दिएको छ । नगरपालिकाले दिउसो ३ बजेदेखि साँझ ६ बजेसम्म उल्लेखित क्षेत्रमा औषधी छर्किने भएकाले सवैलाई सकेसम्म घर बाहिर ननिस्कन समेत अपिल गरेको छ ।

साथै नगरपालिकाले कलोरिन झोलका कारण लत्ता कपडा तथा खाद्यान्नमा असर गर्ने भन्दै नगरपालिकाले उक्त बस्तु घर बाहिर नराख्न समेत नगरपालिकाले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology