Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार बाबुछोराको मृत्यु


2.6K
Shares

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार बाबुछोराको मृत्यु

काभ्रे ९ चैत । काभ्रेमा भएको सवारी दुर्घटनामा परी आइतबार बिहान २ जनाको मृत्यु भएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ मा बा ५७ प ८२८ नम्बरको मोटरसाइकल र बा ५ ख २३९० नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाईकलमा सवार बाबुछोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा उदयपुरको रौतमाई गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय मीनबहादुर श्रेष्ठ र उहाँको पाँच वर्षीय छोरा सुविन रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मीनबहादुरकी श्रीमती सुनिता गम्भीर घाइते हुनुभएको छ । घाइते सुनिताको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । ट्रक चालक रामेछापको खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठ र ट्रकधनी ललितपुर हात्तीवनका गङ्गा तिमल्सिनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology