वेलायत, ८ चैत । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका लीलाबहादुर राईको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।
बेलायतमा बस्दै आएका राई पूर्वगोरखा सैनिक हुन् । तीन दिनअघि राईको मृत्यु भए पनि अस्पतालले शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।
अहिले राईको परिवार आइसोलेसनमा रहेका छन् ।