Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सेनाले राती हेलिकप्टरबाट औषधि छर्किने भन्ने कुरा हल्ला मात्र हो : नेपाली सेना


8.4K
Shares

सेनाले राती हेलिकप्टरबाट औषधि छर्किने भन्ने कुरा हल्ला मात्र हो : नेपाली सेना

कोरोना भाइरसबाट सुरक्षित हुन सरकारले बिभिन्न रणनीति तय गरिरहेका बेला सामाजिक सञ्जालमा भ्रमपूर्ण कुरा सार्वजनिक हुदा नागरिकहरु आक्रान्त बनेका छन् ।

पछिल्लो समय शनिवार बिहानदेखि नै सामाजिक सञ्जालमा कोरोना सम्बन्धी फेरी अर्को एउटा सूचना भाइरल भईरहेको छ । सूचनामा आज राति शनिवार कोरोना भाइरसको संक्रमण रोक्न हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने भनेर भ्रम फिजाईएको छ ।

नेपाली सेनाका प्रबक्ता विज्ञानदेव पाण्डेले सूचना गलत भएको जानकारी दिनुभयो । यो अफवाह हो। यस्तोको पछाडि नलाग्नुहोला, पाण्डेले भन्नुभयो ।

त्यस्तै, आज मात्र प्रहरीले कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय साइबर व्यूरोको टोलीले रामेछाप घर भएका २० वर्षीय विवेक थापालाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology