Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोेना भाइरसबारे भ्रम फैलाउने व्यक्ति नेबिसंघका नेता भएको खुलासा


3K
Shares

कोरोेना भाइरसबारे भ्रम फैलाउने व्यक्ति नेबिसंघका नेता भएको खुलासा

काठमाण्डौं ८ चैत । काठमाण्डौको नर्भिक अस्पतालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भईसकेको भन्दै भ्रम फैलाउने व्यक्ति नेबिसंघका नेता भएको खुल्न आएको छ ।

झोर्ले न्युजको व्यवस्थापक समेत रहेको बताउने रामेछाप जिल्ला घर भएका विबेक थापा मगर नेविंसघमा आबद्ध रहेको पाइएको हो । हस्पीटमा मान्छे मरिसकेको तर सरकारले केही पनि गर्न नसकेको र लुकाएको भन्दै अडियो क्लिप मार्फत भ्रमपूर्ण प्रचार गरेसंगै सर्वत्र त्रासको बातावरण सिर्जना गरेपछि नर्भिक अस्पतालले समेत बिज्ञप्ती निकालेर खण्डन गर्नुपरेको थियो ।

उनले यसरी भ्रम फैलाएका थिए । फेसबुकको वालबाट स्क्रिनसट गरिएको

उनलाई आज नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउगरिसकेको छ । थापा मगरले बनाएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरू गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology