Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विपतका बेला एक घरेबटीले गरे ३ महिनाको भाडा नलिने घोषणा


1.6K
Shares

विपतका बेला एक घरेबटीले गरे ३ महिनाको भाडा नलिने घोषणा

काठमाडौं, ८ चैत । बिपतका बेला जताततै कालोबजारी, कृतिम अभावको र्सिजना गराईरहेको समाचार धेरै हेर्न सुन्न र पढ्न पाईन्छ । सकारात्मक भन्दा नकारात्मक घटना र बिषयबस्तु बाहिरी रहेका बेला काठमाण्डौका एक घरवेटीले आफ्ना घर भाडामा बस्नेतहरुका लागि ३ महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ । उहाँको यो घोषणाले साच्चै नै बिपतमा नागरिकहरुले आ–आफ्नो ठाँउबाट साथ दिनुपर्छ भन्ने भन्ने सन्देश दिएको छ ।

उहाँको यो घोषणाबाट सामजिक सञ्जालदेखि अनलाईन सञ्चारमाध्यमहरुमा पनि जताततै उहाँको चर्चा परिचर्चा र प्रंससा भईरहेको छ । काठमाडौँ कलंकी घरमा भएका हरिहर लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा फेसबुक मार्फत गर्नुभएको थियो ।

कोरोना भाइरस (कोभिड–१९ )को जोखिमसँगै सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको बेला नागरिकको तर्फबाट पनि उहाँले गर्नुभएको शुरुवातलाई निकै महत्वपूर्ण इस्युको रुपमा लिन सकिन्छ ।

कोराना भाइरसको प्रकोपको डरले सबैतिर लकडाउन भएको बेला लामिछानेले तीन महिनाको घरघाडा नलिने घोषणा गरेर उच्च मानवीय सद्धाव देखाएको भन्दै उहाँको अहिले चौतर्फी प्रसंशा भइरहेको छ ।

फेसबुक मार्फत उहाँले भन्नुभएको छ, ‘मैले आफनो कुनै पनि प्रचारबाजीका लागि यस्तो गरेको होइन, स्टाटस लेख्ने वित्तिकै साथिहरुले सेयर गरेर भाइरल बनाइदिनुुभयो, क्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कर्तव्य हो, त्यसैले मेरो घरमा भाडा बसिरहनुुभएका व्यक्तिहरुलाई ३ महिनासम्म भाडा नलिने घोषणा गरेको हुँ ।’ देश मात्र नभएर बिश्व नै बिपतको सवैभन्दा ठूलो चपेटामा परिरहेका बेला नागरिक स्तरमा लामिछानेले शुरु गर्नुभएको यो घोषणाले सवैको ध्यान केन्द्रित गरेका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology