काठमाडौं । डा सुन्दरमणि दीक्षितलाई कारबाही गर्न भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा डा.दिक्षितलाई कारवाही गर्ने निणर्य भएको बताएको हो ।
गृह मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले हालसम्म ५१२ जनाको नेपालमा परीक्षण गर्दा नेगेटिभ भएको पाइएको बताएको थियो । सरकारी निकायले नेगेटिभ भएको तथ्य प्रस्तुत गर्दागर्दै दीक्षितले भने सार्वजनिक कार्यक्रममा नै नेपालमा परीक्षण गर्ने किट नै नभएको र परीक्षण नै नगरी नेगेटिभ भएको मात्र सरकारले दाबी गरेको आरोप लगाउनु भएको थियो ।
कोरोना भाइरसको संक्रमणका विषयमा तथ्य प्रस्तुत गरिसकेपछि बैठकमा सहभागीले डा दीक्षितले अफवाह फैलाएकोले महानिर्देशक श्रेष्ठले कारबाहीको माग गर्नु भएको थियो । बैठकमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाङसमेतको उपस्थित रहेको थियो । २१ मन्त्रालय र स्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै विभागका प्रमुखहरूले पूर्वसतर्कताका अपनाईएका पूव तयारीबारे जानकारी गराएका थिए।
अफवाह फैलाएको ठहर भएमा एक लाख रुपैयाँ जरिवाना र ६ महिनासम्म कैद वा दुवै हुने सजाय हुने व्यवस्था नेपालको संबिधानमा उल्लेख गरिएको छ।