कास्की । चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृत श्रेष्ठ घाईते हुनु भएको हो । सशस्त्र प्रहरी हवल्दार फटिक मगर र पोखरा औद्योगिक क्षेत्रमा बसोबास गर्दै आउनु भएका श्याम थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो ।
बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा एक्कासी आक्रमण गरेको स्थानीय खगेन्द्रबहादुर गुरुङको बताउनु भयो । वन अधिकृत श्रेष्ठ र हवल्दार थापा सामान्य घाइते भएको उपचारपछि घर फर्किए सक्नु भएको छ भने स्थानीय थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाकारी दिएको छ । थापाको टाउको र पाखुरामा चोट लागेको प्रहरीले बताएको छ । चितुवालाई बिहान १०ः५० बजेको समयमा नियन्त्रणमा लिई वन कार्यालयको जिम्मा लगाइएको छ ।