Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

सार्वजनिक यातायतको साधनमा अब स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गर्नुपर्ने, सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाईने


3.5K
Shares

सार्वजनिक यातायतको साधनमा अब स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गर्नुपर्ने, सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाईने

काठमाडौं । सार्वजनिक सवारीले सिट क्षमता भन्दा बढि यात्रु बोक्न नपाउने भएका छ । सार्वजनिक सवारी साधनमा संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गर्नुपर्ने भएको हो ।

यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड ।१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले प्रत्येक दिन सञ्चालन गर्नुअघि समय। समयमा ‘डिसइन्फेक्सन’ गर्नुपर्ने निर्णय गरेको हो ।

सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसरपसार नगर्न र नगराउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ । यस्तै सर्वसाधारण नागरिकलाई भीडभाड नगरी यात्रा गर्न अनुरोध गर्ने र त्यसको अनुगनमा प्रहरीमार्फत गर्ने निर्णय पारित गरेको मन्त्र िपोखरेलले जानकारी दिनुभयो । ।

सरकारले होटल, रेस्टुरेन्ट तथा सपिङ मलका सञ्चालकहरुलाई हात सफा गर्ने लगायत सफाइका सामाग्रीहरुको प्रवन्ध गरी टेबल कुर्सी, बार रेलिङ र शौचालय लगायतका स्थमानहरुमा पनि ‘डिस्इन्फेक्सन’ गर्न लगाउने निर्णय गरेको छ ।

यस्ता ठाउहरुमा तापक्रम मापन गर्ने उपकरण र सामग्रीको व्यवस्था गरी प्रवशे गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्न लागाउने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology