काठमाडौँ । पोर्चुगलमा एक जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । करिब २० हजार नेपाली बसोबास गर्ने अनुमान गरिएको पोर्चुगलको फारो सहरमा खेतीपाती गरेर बस्ने एक नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएको हो ।
स्थानीय पत्रपत्रिका र स्थानीय अधिकारीलाई उद्धृत गर्दै त्यहाँ बस्ने पत्रकार पदम गौतमले नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी गर्नुभएको हो । पत्रकार गौतमका अनुसार खेतीपाती गरेर बस्ने ती नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय प्रशासनले उहाँसँगै बस्ने अन्य ७४ जना नेपालीलाई पनि क्वारेन्टाइनमा राखेको छ।
दक्षिण युरोपेली मुलुक पोर्चुगलमा अहिलेसम्म करिब ३ सयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्पेनसँग सीमा जोडिएको यो मुलुकमा कोरोना त्रासका कारण बजारहरु ठप्प छन्।