Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

किन डिर्भोस गर्न लागिन् पूर्व मिस नेपाल उषा खड्कीले ?


5.4K
Shares

किन डिर्भोस गर्न लागिन् पूर्व मिस नेपाल उषा खड्कीले ?

गोरखा २ चैत ।
पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध बिग्रिएपछि उहाँहरु बिचको सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । गएको १७ बर्ष अघिदेखि वैवाहिक सम्बन्धमा रहेका खड्की र तिमल्सिना बिच केहि समयदेखि खट्पटको स्थिती रहेको छ । उहाँ बिचको बिबादका समाचार सञ्चार माध्यमहरुमा पनि आउन थालेको थियो । तर गएराती सामाजिक सञ्जाल मार्फत नै खड्कीले आफु सम्बन्धमा रहन नसक्ने र अब अलग बस्नेत उल्लेख गर्नुभएपछि त्यसको आधिकारी पुष्टी भएको हो ।

खड्कीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे जानकारी दिनुभएको छ । खड्कीले फेसबुकमा लेख्नु भएको छ, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु नो’ ।’

उहाँले अहिलेसम्मको साथ, सहयोग र मायाका लागि सवैलाई समाजिक सञ्जाल मार्फत नै धन्यबाद समेत दिनुभएको छ । खड्कीले लेख्नुु भएको छ ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’

स्टाटससँगै समाजिक सञ्जालमा आफ्नो अन्तरवार्ताको दुईवटा क्लिपसमेत पोष्ट गर्नुभएकी उहाँको एउटा क्लिपमा मा निक्कै भक्कानिएर रोएकी समेत देख्न सकिन्छ । यसअघि उषा र जीपी दुबैले डिभोर्सको चर्चा हल्ला मात्रै भएको बताएका थिए । सन् २००० मा मिस नेपाल बन्नुअघि नै यी दुई प्रेममा थिए । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology