गोरखा ३०, फागुन – गोरखाको बारपाक सुलिकोट गाउँपािलका– ५ स्थित जफती गाँउमा बालिका माथी बलत्कार प्रयासको आरोपमा एक बृद्ध पक्राउ परेका छन् । बिधालयबाट फर्कदै गरेकी बालिकालाई ललाईफकाई बलत्कार गर्न खोजेको आरोपमा प्रहरीले सोही ठाउँका ७७ बर्षिय बृद्ध देवीबहादुर भट्टलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
‘बालिका बिधालयबाट घर फर्कदै गर्दा जबरजस्ती गर्न खोजेको रहेछ, उहाँले भन्नुभयो, बालिकाकी बहिनीले देखेर गाली गरेपछि छाडेको रहेछ ।’ घटनापछि पिडितका आफ्न्तले दिएको उजुरीका आधारमा निजलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका भट्टलाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी अधिकारीले बताउनुभयो ।