Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बुटवलमा एक युवालाई कोराना आशङ्‌का


1.9K
Shares

बुटवलमा एक युवालाई कोराना आशङ्‌का

बुटवल । बुटवलमा एकजना बिरामीमा कोराना भाइरस (कोभिड १९) सङ्‌क्रमणको लक्षण देखिएपछि चिकित्सकको निगरानीमा उपचार शुरु भएको छ ।

कोरियासँग सम्बन्धित संस्थामा आबद्ध २३ वर्षीय एक युवालाई कोराना सङ्‌क्रमित बिरामीमा देखापर्ने सामान्य लक्षण देखापरेपछि निगरानीमा राखेर उपचार गरिएको हो। तर, कोराना सङ्‌क्रमण भएनभएको पुष्टि नभएको चिकित्सकले बताएका छन्। विगत ५ दिनदेखि आइसोलेसन वार्डमा राखेर उनको उपचार गरिरहेको चिकित्सकले जानकारी दिएका छन्।

कोराना सङ्‌क्रमण हो कि होइन भन्ने पुष्टि गर्न नमुना काठमाडौं पठाइएको र त्यसको रिपोर्ट आएपछि मात्रै एकिन हुने चिकित्सकको भनाइ छ। अहिले नै सङ्‌क्रमित भएको पुष्टि नभएकाले विस्तृतृ विवरण नखुलाएको अस्पतालले जनाएको छ।

सामान्यतया रूघाखोकीकै लक्षण देखापर्ने भएकाले कोराना नै भएको भनेर भन्न नसकिने चिकित्सिक बताउँछन्। कोरोनाको जोखिम न्युनीकरण गर्न प्रदेश ५ सरकारले १२ वटै जिल्लामा आइसोलेसन वार्ड तयार पारेको छ भने सीमा क्षेत्रका नाकाहरूमा स्वास्थ्यकर्मीसहितको टोली खटाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology