Nagarik Sawal

२०८३ कार्तिक ३० आइतबार

२०८३ कार्तिक ३० आइतबार

प्रहरीद्धारा लोकल रक्सी नियन्त्रण अभियान सुरु


3.8K
Shares

प्रहरीद्धारा लोकल रक्सी नियन्त्रण अभियान सुरु

बर्दिया २४, कात्तिक । बर्दियाको बाँसगढी क्षेत्रमा प्रहरीले लोकल रक्सी नियन्त्रण अभियान थालेको छ । बजार तथा गाँउहरुमा सजिलै पाईने लोकल रक्सी सेवनले अवैध गतिविधि बढ्ने गरेकाले ईलाका प्रहरी कार्यालय बाँसगढीले लोकल रक्सी नियन्त्रण अभियान थालेको हो ।

लोकल रक्सी नियन्त्रण अभियान अन्तरगत बाँसगढी, ककौरा, लक्ष्मणा, माछागढ र कतर्निया बजार क्षेत्रका पसलहरुमा बेच्नलाई तयार पारि राखिएको झण्डै २ सय लिटर लोकल रक्सी बरामद गरि आज नष्ट गरिएको छ ।

बर्दियाको बाँसगढी बजारका विभिन्न पसलहरुबाट १ सय ५० लिटर, माछागढ क्षेत्रबाट ४५ लिटर अवैध लोकल रक्सी बरामद गरिएको थियो । बरामद गरिएको लोकल रक्सी प्रहरी निरिक्षक बिरेन्द्र सिङ थापा, बाँसगढी नगरपालिका प्रतिनिधी, पत्रकार लगायतको रोहवरमा प्रहरी कार्यालयमा नष्ट गरिएको हो ।

सबै ठाँउमा सहज र सस्तो मुल्यमा पाईने लोकल रक्सी सेवनले विभिन्न खाले अवैध गतिविधि धेरै हुने भएकाले लोकल रक्सी नियन्त्रण गर्न थालिएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी निरिक्षक बिरेन्द्र सिङ थापालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology