कात्तिक २१ । कोरोना संक्रमण देखिएकी ५ दिनकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका–१० दाङकी २० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उहाँको शुक्रबार दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । मृतक महिला यही कात्तिक १७ गते सुत्केरी हुनुभएको थियो ।
सुत्केरी व्यथाले च्यापेपछि उपचारका लागि कत्तिक १६ गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी उनले सोमबार बच्चा जन्माउनु भएको थियो । ।