Nagarik Sawal

२०८३ मंसिर ३ बुधबार

२०८३ मंसिर ३ बुधबार

काठमान्डुविरुद्ध टस जितेर ब्याटिङमा चितवन


112
Shares

काठमान्डुविरुद्ध टस जितेर ब्याटिङमा चितवन

काठमाडौं, २ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिगक एनपीएलको आजको एलिमिनेटर खेलमा टस जितेको छ । चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । चितवनको कप्तानी रवि बोपाराले गर्दैछन् भने काठमान्डुको नेतृत्वको नियमित कप्तान करण केसीले नै गर्दैछन् ।

आजको खेलमा चितवनले दुई परिवर्तन गरेको छ । सिकन्दर राजा र डान मोस्लीको स्थानमा रवि बोपारा र डाविड मलान टोलीमा आएका छन् । काठमान्डुले पनि दुई परिवर्तन गरेको छ । सुमीत महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेट आएका छन् ।

आजको खेल हार्ने टिमको एनपीएल सिजन ३ को यात्रामा ब्रेक लाग्नेछ। जित्ने टोली फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धामा गर्नेछ।

काठमाण्डुले तेस्रो शीर्ष टोलीको रूपमा इलिमिनेटरमा स्थान बनाएको हो । जारी प्रतियोगितामा चितवन र काठमाण्डू दोस्रोपदक भिड्दै छन् । लिग चरणमा काठमाण्डूले १० रनको जित निकालेको थियो ।

चितवन भने चौथो स्थान हासिल गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो । सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology