गोरखा २, जेठ । गोरखा नगरपालिका गोरखाले जिल्ला बाहिरबाट अनाधिकृत रुपमा नगरक्षेत्रमा जो कोही पनी प्रवेश गरेको पाइए जानकारी गराउन नगारिकहरुलाई अपिल गरेको छ ।
नगरपालिकाले आज कोरोना भाइरसको उच्च जोखिमको खतरा बढेको भन्दै सभ्भावित रोकथाम र न्युनिकरणका लागि सवै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।
बाहिरी जिल्ला वा बिदेशबाट आउने व्यक्तिहरुबाट कोरोना संक्रमण सर्न सक्ने उच्च जोखिम भएपछि नगरपालिकाले यस्तो आग्रह गरेको हो ।