Nagarik Sawal

२०८३ मंसिर ३ बुधबार

२०८३ मंसिर ३ बुधबार

जो आउँछ, ओली, प्रचण्ड र देउवालाई थुन्दिन्छु भन्छ, हामीमाथि मजाक गर्ने : अध्यक्ष ओली


91
Shares

जो आउँछ, ओली, प्रचण्ड र देउवालाई थुन्दिन्छु भन्छ, हामीमाथि मजाक गर्ने : अध्यक्ष ओली

काठमाडौं, २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गर्नुभएको छ ।

बुधबार पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बोली होस्मै बोलेको हो कि बेहोसमा हो भनेर प्रश्न समेत गर्नुभयो । ओलीले भन्नुभयो, ‘आईजीपी हुनेबित्तिकै होस्‌मा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ रु म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ? यिनका । थुनिदिन्छु अरे ।’

उहाँले आफूहरू राणा, राजा र पञ्चायतविरुद्ध समेत लडेर आएको प्रसंग झिक्दै प्रहरी प्रशासनले मजाक गरेको जिकिर गर्नुभयो ।

‘हामी राणा शासनका विरुद्ध लडेर आएका हौं, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौं, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौं । अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ, फलानालाई थुनिदिन्छु । ठट्टा मजाक गरेको हो ?,’ उहाँले भन्नुभयो, ‘तिनि जन्मनुअघि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिंडिरहेका छौं । मजाक गर्ने हामीमाथि ?’

उहाँले प्रमाण भए आफूहरूलाई समातेर थुनिदिन समेत चुनौती दिनुभएको छ ।

उहाँले थप भन्नुभएको छ, ‘थुने हुन्छ नि समातेर । जो आउँछ थुनिदिन्छु, क्या हो यो ? हामी मजाकका पात्र हौं ? ठट्टाजस्तो भएको छ यहाँ, थुनिदिन्छु । प्रमाण भेटे अरे, प्रमाण भेटे र उनी पनि थुनिन्छन् होला नि, अरु पनि थुनिन्छन् होला नि ।’

उता, गृहमन्त्री सुधन गुरुङले समेत फाइल खुल्दै गरेको र सबै थुनिन्छ भनेको भन्दै कसलाई भनेको हो रु भन्दै अर्को प्रश्न राख्नुभयो ।

‘गृहमन्त्रीले फाइल खोल्दै छु, पख्नुस्, सबै थुनिन्छ । एकसे एक थुनिन्छ । कसलाई भनेको हो ?,’ ओलीले प्रश्नमाथि प्रश्न गर्दै भन्नुभयोृ, ‘सबै थुनिन्छन् भने उनी र को को बाँच्छन् त नेपालमा ? यस्तो गैरजिम्मेवार ढंगका अभिव्यक्ति दिएर आतंकको राज, अन्त लगाऊ त्यस्ता आतंक ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology