Nagarik Sawal

२०८३ कार्तिक ३० आइतबार

२०८३ कार्तिक ३० आइतबार

कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने


91
Shares

कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

 

काठमाडौँ, २९ कात्तिक । नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटअन्तर्गत आजको खेलमा कर्णाली याक्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोलीले आफ्नो अन्तिम लिग खेल खेल्दैछन् । प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवन राइनोज र प्लेअफ दौडबाट बाहिरिएको कर्णाली याक्सबीचको यो खेल लिग चरणको अन्तिम दिनको पहिलो खेल हो ।

चितवनले आजको खेलका लागि टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ । अर्जुन साउद, रञ्जितकुमार, मौसम ढकाल, रवि बोपारा र डेविड मलानको स्थानमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान माउज्ली र उसामा मिर टोलीमा समेटिएका छन् ।

यस्तै, कर्णालीले एक खेलाडी परिवर्तन गरेको छ । दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा टोलीमा आएका छन् ।

आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ४स्३० बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology