Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

वर्षापछि आएको बाढी, डुवान र भूस्खलनका कारण मृत्यु हुनेको संख्या १ सय ३६ पुग्यो


3.8K
Shares

वर्षापछि आएको बाढी, डुवान र भूस्खलनका कारण मृत्यु हुनेको संख्या १ सय ३६ पुग्यो

काठमाण्डौ १०, साउन । भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी, डुबान र भू स्खलनमा परि मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । महाराष्ट्रमा मात्रै लाखौं मानिस प्रभावित भएका छन् भने गोवामा सैयौंको संख्यामा घरहरु क्षतिग्रस्त भएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

सरकारले समुद्री सतह नजिक रहेका बस्तीका मानिसहरुलाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरेको छ । बीबीसीले लेखे अनुसार गोवा र महाराष्ट्रमा लगातारको वर्षाका कारण मानिसहरुको जनजीवन प्रभावित बनेको छ । बाढी र डुबानमा परि बेपत्ता भएकाहरुको खोजी जारी रहेको छ भने उद्दार र राहतको काम पनि भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology