Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा ३० जनाको मृत्यु


2.4K
Shares

सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा ३० जनाको मृत्यु

काठमाण्डौं ९ साउन ।
सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेको अधिकारीहरुले पुष्टि गरेका छन् । घटनामा परी अरु १७ जना घाइते समेत भएका छन् । गए राती बिभिन्न २ स्थानमा भएको घटनाबाट उक्त सङ्ख्यामा मानिसहरु मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाइ आक्रमण गरेका थिए । लामो समयदेखि गृह युद्ध चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहेपनि टुंगीन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology