काठमाण्डौं ९ ,साउन । भारतको महाराष्ट्रमा भू स्खलन हुँदा ३६ जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढ जिल्लामा भारी वर्षापछि भू स्खलन हुँदा उनीहरुको मृत्यु भएको हो । अन्य धेरै वेपत्ता रहेको स्थानीय प्रशासनले बताएको छ ।
वेपत्ताहरुको खोजी भइरहेको छ भने घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । महाराष्ट्रमा ४० वर्षपनि जुलाई महिनामा ठूलो पानी परेको र विभिन्न जिल्ला डुबानमा परेका छन् भने सडकहरु भाँसिएका छन् ।