Nagarik Sawal

२०८३ मंसिर ४ बिहिबार

२०८३ मंसिर ४ बिहिबार

त्रिबि शिक्षण अस्पतालबाट उपचार गरि फर्किएका बोर्लाङका चारै जनाको आरडिटी टेस्ट नेगेटिभ


3.6K
Shares

त्रिबि शिक्षण अस्पतालबाट उपचार गरि फर्किएका बोर्लाङका चारै जनाको आरडिटी टेस्ट नेगेटिभ

गोरखा ७, जेठ । त्रिबि शिक्षण अस्पतालबाट उपचार गरि फर्किएका गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ चारै जनाको कोरोना परीक्षण नेगेटिभ आएको छ । ¥यापिड डाइगनेस्टिक टेष्ट बिधिबाट बुधबार गरिएको कोरोना परीक्षणका क्रममा सबैको रिर्पोट नेगेटिभ आएको वडाध्यक्ष बासु थापाले जानकारी दिनुभयो ।

आइतबार साँझ काठमाण्डौको त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचार गराएर गाउँ फर्किएका भिम बोर्लाङका चार जनालाई पनि फर्किए लगत्तै क्वारेन्टिनमा राखिएको थियो । सोही अस्पतालमा उपचार गराएर फर्किएको सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको गत बिहिबार कोरोना संक्रमण कारण मृत्यु भएपछि संक्रमणको जोखिम हुनसक्ने भएकाले उहाँहरुलाई क्वारेन्टिनमा राखी कोरोना परीक्षण गरिएको थियो ।

उपचारका लागि गएर फर्किएका बिरामी र कुरुवा सहित सवैलाइई जागेश्वर माविको क्वारेन्टाईनमा राखिएको छ । निमोनिया भएर उपचार गराउन गएका उनीहरु एक सातापछि घर फर्किएका थिए

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology