Nagarik Sawal

२०८३ मंसिर ४ बिहिबार

२०८३ मंसिर ४ बिहिबार

गोरखामा शक्तिशाली चक्रवातको प्रभाव पर्न सुरु : जिल्लाका अधिकासं भुभागमा हावाहुरी


2K
Shares

गोरखामा शक्तिशाली चक्रवातको प्रभाव पर्न सुरु : जिल्लाका अधिकासं भुभागमा हावाहुरी

गोरखा ६, जेठ । गोरखामा बङ्गालको खाडीबाट नेपाल तर्फ आउदै गरेको अम्पुन नामको शक्तिशाली चक्रवातको प्रभाब सुरु भएको छ । जिल्लाभर मंगलबार साँझ हावाहुरी सहित केही क्षेत्रमा हल्का पानी पर्न सुरु भएको हो । दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको जल तथा मौसन पूर्वानुमान महाशाखाले जनाएको छ । । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले यस अघि नै जनाएको छ ।

चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार त्यस चक्रवातको गति उत्तरपश्चिम हुँदै अघि बढिरहेको छ । महाशाखाका अनुसार भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नेछ, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्नेछ, जसका कारण त्यस क्षेत्रमा वर्षा हुनेछ । पश्चिम भूभागमा भने त्यसको तुलनामा कम वर्षा हुनेछ ।

त्यस पछिको दुईरतीन दिनसम्म देशैभरि बदली भई केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातका साथै एकरदुई स्थानमा भारी हिमपातसमेत हुने सम्भावना छ । चक्रपातको सम्भावना रहेकाले सवैलाई सजग हुनपनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology