Nagarik Sawal

२०८३ मंसिर २ मंगलबार

२०८३ मंसिर २ मंगलबार

देशभर चिसो बढ्दै


105
Shares

देशभर चिसो बढ्दै

 

काठमाडौँ, १ मङ्सिर । काठमाडौँ उपत्यकासहित देशभर चिसो क्रमशः बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको दिउँसो १ बजेको तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।

काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ८।५ डिग्री सेल्सियस थियो । हिजो बेलुकीको न्यूनत तापक्रम २२।५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका ताप्लेजुङ्ग लगायतका हिमाली तथा पहाडी जिल्लामा न्यूनत तापक्रम १० देखि १२ डिग्री सेल्सियस पुगेको छ । कोशी प्रदेशका मोरङ् लगायतका तराई क्षेत्रको न्यूनत तापक्रम १० देखि १२ डिग्री सेल्सियस पुगेको छ । मधेश प्रदेशमा समेत न्यूनतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस पुगेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology