Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

हमासको नियन्त्रणमा रहेका ८ जना बन्धक रिहा


2.3K
Shares

हमासको नियन्त्रणमा रहेका ८ जना बन्धक रिहा

ऐजेन्सी, १८ माघ । गाजामा हमासको कब्जामा रहेका ८ जना बन्धकलाई रिहा गरिएको छ । यसमा तीन इजरायली र ५ थाई नागरिक रहेका छन् । गाजामा पहिलो चरणको युद्धविराम लागु भएयता बन्दीहरू रिहा गरिएको यो तेस्रो अवसर हो । यसअघि ७ जना बन्धकहरू रिहा भइसकेका छन् ।

सम्झौता अनुसार पहिलो चरणमा हमासले ३३ जना इजरायली बन्धकलाई रिहा गर्नुपर्नेछ । जसको बदलामा इजरायलले आफ्नो जेलमा रहेका १९ सय जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।

यद्यपि, ८ जना इजरायली बन्धकको यसअघि नै मृत्यु भइसकेको बताइएको छ । अब १५ जना इजरायली बन्धकहरूलाई रिहा गर्न बाँकी रहेको छ । अब भोलि थप बन्धकहरूलाई रिहा गर्ने भनिएको छ ।

यी बन्धकहरूलाई रिहा गरेपछि इजरायलले ११० जना प्यालेस्टिनीहरूलाई रिहा गर्नेछ । तर, हमासले बन्दीहरूलाई रिहा गर्दा निकै अस्तव्यस्त देखिएको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले असन्तुष्टि व्यक्त गर्नुभएको छ । इजरायलले हमाससँग जनवरी १९ देखि युद्धविराम सम्झौता सुरु भएको थियो । यो युद्धविराम ३ चरणमा लागु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology