Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ सुरु


1.2K
Shares

गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ सुरु

गोरखा, ६ मङ्सिर ः गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ सुरु भएको छ बुधबारदेखि सुरु भएको भेलाको पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले
एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गर्ने उद्देस्यसहित सदरमुकाममा सुरु भएको भेलाको उहाँले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

नेपाल होटल संघ गोरखाको आयोजनामा जिल्लामै पहिलो पटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै पर्यटन प्रर्वद्धनका लागि भेलाको आयोजना गरिएको हो । भेलामा जिल्ला भित्र स्थायी घर भइ देशभर पर्यटनका क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहेको होटल व्यवसायीसंघ गोरखाका अध्यक्ष केशव कुँवरले जानकारी दिनुभयो ।

भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको गोरखाका पर्यटकीय क्षेत्रको व्यापक प्रचार–प्रसार गर्नसके जिल्लामा अत्याधिक पर्यटक भित्र्याउन सकिने भएकाले भेलामार्फत पर्यटन व्यवसायीले पनि आवश्यक भूमिका खेल्न जोड दिइने उहाँको भनाई छ ।

भेलामा करिव १ सय ५० भन्दाबढी पर्यटन व्यवसायीको सहभागीता रहेको संघका उपाध्यक्ष बिष्णुप्रसाद तिमेल्सिनाले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने भेलामा जिल्ला भित्रका ११ वटै स्थानीय तहले आआफ्ना पालिका भित्रको पर्यटकीय सम्भावना बोकेका क्षेत्रको भिडियो सामाग्री निर्माण गरि प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology