Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

साउनदेखी कार्तिकसम्म करिब ३२ हजारले गरे गोरखा दरर्बार संग्रालयको अबलोकन


2.6K
Shares

साउनदेखी कार्तिकसम्म करिब ३२ हजारले गरे गोरखा दरर्बार संग्रालयको अबलोकन

गोरखा, ४ मंसिर । अधिल्लो ४ महिनामा मात्रै करिब ३२ हजार जनाले गोरखा दरर्बार संग्रालयको अबलोकन गरेका छन् । यो आर्थिक बर्षको पहिलो ४ महिना साउनदेखी कार्तिकसम्म ३१ हजार ८८३ जनाले अबलोकन गरेको संग्रालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संग्रालय अबलोकन गर्नेमा सबैभन्दा धेरै नेपाली रहेका छन् । यो आर्थिक बर्षको साउनदेखी कार्तिक मसान्तसम्ममा संग्रालय अबलोकन गर्ने मध्ये ३१ हजार २८० जना नेपालीहरुले अबलोकन गरेको उहाँले बताउनुभयो ।

जसमध्य २१ हजार ४९१ जना नेपाली पर्यटक र ९ हजार ७८९ जना नेपाली बिद्यार्थीहरु रहेको संग्रालयको तथ्यांकमा उल्लेख गरीएको छ । यो बिचमा सार्क र विदेशी राष्ट्रका नागरिकहरुले पनि संग्रालय अबलोकन गरेको देखिन्छ । सार्क राष्ट्रका २५ जनाले र ५७८ जना बिदेशी नागरिकहरुले पनि गोरखा दरर्बार संग्रालयको अवलोकन गरेको देखिन्छ ।

४ महिनाको यो अवधिमा संग्रालयले कुल ७ लाख ९ हजार ३६५ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । संग्रालय अबलोकन गर्न आएका बिद्यार्थीहरुबाट रु १० का दरले ९७ हजार ८९० रुपैयाँ, नेपाली पर्यटकबाट रु २५ का दरले ५ लाख ३७ हजार २७५ रुपैयाँ, सार्क राष्ट्रका नागरिकबाट रु ५० का दरले १ हजार २५० रुपैयाँ र बिदेशी नागरिकबाट रु १०० का दरले ५७ हजार ८०० रुपैयाँ संकलन भएको संग्रलायको लेखा शाखाले जानकारी दिएको छ ।

त्यसका साथै संग्रालय भित्र प्रवेश गर्दा लाने भिडियो क्यामेरा तथा क्यामेरा र फिल्म छायांकनका साथै पसल कबल भाडाँमा दिएर राजश्व संकलन गर्ने गर्दछ ।

तात्कालिन राजा राजेन्द्र बिक्रम शाहको पालामा बिक्रम संम्बत १८९६ सालमा निर्माण भएको उक्त दरर्बार अहिले ६८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
पंञ्चायत कालमा जिल्ला भित्रका सबै सरकारी कार्यालय रहेको यो दरर्बारमा बिक्रम संम्बत २०६५ साल जेठ १९ गते विधीवत रुपमा संग्रालयको रुपमा खुल्ला गरीएको हो । संग्रालय बाहिर भने करिब ३०० प्रजातिका बोट बिरुवाहरु देख्न पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology