गोरखा, २१ मंसिर । गोरखाका अनिल भट्ट अवैध लागूऔषध ब्राउनसुगर राजधानीको नागढुङ्गाबाट पक्राउ परेका छन् । उनलाई प्रहरीले चन्द्रागिरी नगरपालिका–२ को नागढुङ्गाबाट २० ग्राम ब्राउनसुगर पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
गोरखा नगरपालिका–१४ बस्ने २५ वर्षीय भट्ट सहित मोरङ बेलवारी नगरपालिका–५ बस्ने २१ वर्षीय टेक बहादुर पुरी पनि पक्राउ परेको नागढुङ्गा प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ जादै गरेको बा.प्र ०३–००१ ख २९९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाइ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।